अवैध रुपमा लगाएको अफिम खेती नष्ट
२०७८-११-२०
- A
- A-
- A+
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-१ सिमटार, जरुङ र ब्रम्दी लगायतका करिब ३ सय रोपनी जग्गामा अवैध रुपमा लगाएको अफिम खेती बिहीबार प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
जिल्ला सुरक्षा समितिको बुधबारको निर्णय अनुसार “वस्ती वस्तीमा संयुक्त गस्ती" अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय धादिङ‚ ईलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङबाट खटिएको संयुक्त टोलीले उक्त खेती नष्ट गरेको हो । साथै बारीमा लुकाई राखिएको करिब ५० केजी लागूऔषध गाँजा समेत प्रहरीले जलाएर नष्ट गरेको छ ।