सामाजिक सञ्जाल मार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८३-०६-०१
- A
- A-
- A+
काठमाडौं, सामाजिक सञ्जाल मार्फत विदेशी महिलाको चरित्र हत्या गरेको अभियोगमा बाँके नेपालगंज उपमहानगरपालिका-१ बस्ने २३ वर्षीय प्रशान्त जयसवाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल मार्फत विदेशी महिलासँग चिनजान गरी साथी बनि प्रेम सम्बन्धमा रहेको अवस्थामा खिचिएका तस्विरहरू पीडित महिलाका आफन्त तथा परिवारजनका सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।