करिब ५५ किलो गाँजा सहित एक जना पक्राउ
२०८३-०६-२५
- A
- A-
- A+
बारा, पचरौता नगरपालिका-६ बाट अवैध लागूऔषध गाँजा करिब ५५ किलोग्राम सहित सोही नगरपालिका-३ रामनगर टोल बस्ने ४५ वर्षीय राजकिशोर प्रसाद यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।