प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८३-०७-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, चेक अनादर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-४ घर भएका ४७ वर्षीय अमिर कुमार श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  

जिल्ला अदालत काठमाडौंको २०८१ जेठ १६ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ चाबहिलबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 


सम्बन्धित समाचार
रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०७-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका-५ बस्ने जुम्ला घर भएका ३६ वर्षीय बिरेन्द्र शाहीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  बिरेन्द्रले रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट १८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका-५ बाट पक्राउ गरेको हो  । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

क्रिप्टो कारोबारमा संलग्न व्यक्ति पक्राउ
२०८३-०७-१३

काठमाडौं, क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा धनुषा सबैला नगरपालिका-१२ घर भएका २८ वर्षीय सुनिल कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।  विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एप्लिकेसन मार्फत सट्टेबाजी खेल्ने/खेलाउने र अवैध रूपमा क्रिप्टो करेन्सीको ठूलो कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले हालसम्म २ अर्ब १६ करोड १ लाख २० हजार ८ सय २१ रूपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको खुल्न आएको   छ । उनी उपर अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०७-१३

काठमाडौं, नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने रामेछाप दोरम्बा शैलुङ गाउँपालिका-३ घर भएका ३१ वर्षीय भोजराज थापा मगरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  लिखत कीर्ते गरी सवारी दर्ता किताब तयार गरी चार पाङ्ग्रे सवारी साधन बिक्री वितरण गर्न लागेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-२६ मित्रनगरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अमेरिकन डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०७-१३

काठमाडौं, अमेरिकन डलर देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-१ सरस्वतीखेल बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा घर भएका २९ वर्षीय सुमन भन्ने मोहन बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  गोकर्णेश्वर नगरपालिका-४ स्थित एकान्त ठाउँमा पीडितलाई बोलाई अमेरिकन डलर देखाई सस्तो दरमा साटिदिने भनि प्रलोभनमा पारी मिति २०८२ चैत २३ गते पीडितबाट ५ लाख रूपैयाँ ठगी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई भक्तपुर चाँगुनारायण नगरपालिका-१ सरस्वती खेलबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा मोहन तथा उनका साथीहरू मिलि काठमाडौं उपत्यका तथा उपत्यका वाहिर समेत गई मानिसहरूलाई सस्तो दरमा अमेरिकन डलर साटिदिने भनि प्रलोभनमा पारी एकान्त ठाँउमा बोलाई लुटपाट तथा ठगी गरेको खुल्न आएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।