प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सट्टाबाजीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

२०७९-०१-०९

  • A
  • A-
  • A+
Share

मोरङ, सट्टाबाजीमा संलग्न रहेको अभियोगमा विराटनगर महानगरपालिका-६ बस्ने ४२ वर्षीय सचिन कुमार साह र सोही महानगरपालिका-९ बस्ने ४४ वर्षीय भुपेन्द्र कुमार साहलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । भारतमा भइरहेको इण्डियन प्रिमियर लिग क्रिकेटको सट्टावाजी खेल खेलाउने सचिन र खेल खेल्ने भुपेन्द्रलाई नगद २८ हजार ३ सय २५ रुपैयाँ, २ थान मोबाइल र २ थान विभिन्न बैंकको चेक सहित प्रहरीले पक्राउ गरेको हो । 

उनीहरू उपर सट्टाबाजी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
२०८२-०६-२०

कास्की, पोखरा महानगरपालिका-६ लेकसाइडस्थित पोखरा वुटिक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय देव श्रेष्ठ समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३९ हजार ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडी एकताटोल बस्ने ४६ वर्षीय भोजराज भट्टको पसलमा जुवातास खेलिरहेको अवस्थामा भोजराज समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ६ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।