प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा २९ जना पक्राउ

२०७८-०६-१८

  • A
  • A-
  • A+
Share

काठमाडौं, २०७८ असोज १८ गते

  काठमाडौं महानगरपालिका-६ बौद्ध तिनचुली नागमन्दिर नजिकै कुल बहादुर सुनुवारको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ४० वर्षीय सन्जु थापा लगायत ११ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८२ हजार ७ सय ५ रुपैयाँ, १ बुक तास र २७ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-१९ गैरीखोर बस्ने बिना पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१९ लामाचौर बस्ने अन्नपूर्ण गाउँपालिका घर भएका ६२ वर्षीय याम गुरुङ लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार ३ सय ७० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कास्की, पोखरा महानगरपालिका-१९ लामाचौर बस्ने हरिमायाँ पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने माछापुच्छ्रे गाउँपालिका घर भएका २७ वर्षीय राजु पुन लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ७ सय ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
२०८२-०६-२०

कास्की, पोखरा महानगरपालिका-६ लेकसाइडस्थित पोखरा वुटिक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय देव श्रेष्ठ समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३९ हजार ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडी एकताटोल बस्ने ४६ वर्षीय भोजराज भट्टको पसलमा जुवातास खेलिरहेको अवस्थामा भोजराज समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ६ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।