अवैध लागूऔषध सहित पक्राउ तथा बरामद
२०७९-०२-०२
- A
- A-
- A+
तनहुँ, शुक्लागण्डकी नगरपालिका-२ कोत्रेबाट करिब ५ केजी ८ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित कास्की पोखरा महानगरपालिका-३२ बस्ने २३ वर्षीय अमन भुजेललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ८७८८ नम्बरको बसलाई अस्थायी प्रहरी चौकी कोत्रेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार भुजेललाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित मकैवारीबाट करिब ३० केजी अवैध लागूऔषध गाँजा आइतबार साँझ प्रहरी बरामद गरेको छ । उक्त स्थानमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चिरौलीचोकबाट खटिएको प्रहरीले उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । गाँजा राख्ने व्यक्तिको खोजी भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।