जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
२०७८-०६-१४
- A
- A-
- A+
जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
पर्वत, २०७८ असोज १४ गते
कुश्मा नगरपालिका-४ ओमशान्ती टोल बस्ने पबित्रा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा मोदी गाउँपालिका-५ बाझुङ बस्ने ४२ वर्षीय हरि बहादुर खत्री सहित ७ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगद ४६ हजार १ सय ३० रुपैयाँ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर जिल्ला प्रशासन कार्यालय पर्वतबाट १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।