प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

२०७९-०२-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, बुढानिलकण्‍ठ नगरपालिका-१३ स्थित जंजिर केसीको बन्दै गरेको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वु लगायत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त कटेजमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार रूपैयाँ, अमेरिकी डलर १ हजार र कौडा ६९ थान सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी तारकेश्वर नगरपालिका-५ लोलाङ्ग धितालथोक बस्ने २५ वर्षीया गिता दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा दाहाल सहित ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ६० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
२०८२-०६-२०

कास्की, पोखरा महानगरपालिका-६ लेकसाइडस्थित पोखरा वुटिक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय देव श्रेष्ठ समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३९ हजार ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडी एकताटोल बस्ने ४६ वर्षीय भोजराज भट्टको पसलमा जुवातास खेलिरहेको अवस्थामा भोजराज समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ६ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।