मुद्रा सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०६-१९
- A
- A-
- A+
काठमाडौं, २०७८ असोज १९ गते
मुद्रा सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी रसुवा पार्वतीकुण्ड गाउँपालिका-३ घर भई काठमाडौं लोलाङ बस्ने २४ वर्षीय बुद्धिमान तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
छितेन तामाङ समेत भएको उक्त मुद्दामा फरार रहेका तामाङलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनकुटा पठाइएको उक्त महाशाखाले जनाएको छ ।