बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०६-१९
- A
- A-
- A+
काठमाडौं, २०७८ असोज १९ गते
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३ महाराजगंज बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-७ घर भएका ३० वर्षीय सुजन तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा उच्च अदालत पाटनको २०७७ पुस ६ गतेको फैसलाले ८ दिन कैद र २० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो ।
सुजनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी ग्लोबल आईएमई बैंकको चेक दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।