प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९-०३-०२

  • A
  • A-
  • A+
Share

मोरङ, इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ३ जना प्रतिवादीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा जबरजस्ती करणी उद्योग मुद्दामा ३ वर्ष ५ महिना ३ दिन कैद सजाय भएका सुनवर्षी नगरपालिका-४ बस्ने २५ वर्षीय मेघनाथ यादव, सवारी ज्यान मुद्दामा २ वर्ष ११ महिना १५ दिन कैद तथा ३२ हजार रुपैयाँ जरिवाना ठहर भएका सोही नगरपालिका-५ बस्ने ४५ वर्षीय गरिव ऋषिदेव र चोरी मुद्दामा  २ महिना १० दिन कैद र २ हजार रुपैयाँ जरिवाना भएका सोही नगरपालिका-९ बस्ने २३ वर्षीय लक्ष्मण मण्डल रहेका छन् । उनीहरुमध्ये यादव र ऋषिदेवलाई २०७७ माघ २६ गते र मण्डललाई २०७७ चैत्त १२ गते जिल्ला अदालत मोरङले उक्त फैसला गरेको थियो । 

उनीहरुलाई कैद भुक्तानका लागि जिल्ला अदालत मोरङमा बुझाइएको छ । 


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
२०८२-०६-२०

कास्की, पोखरा महानगरपालिका-६ लेकसाइडस्थित पोखरा वुटिक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय देव श्रेष्ठ समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३९ हजार ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडी एकताटोल बस्ने ४६ वर्षीय भोजराज भट्टको पसलमा जुवातास खेलिरहेको अवस्थामा भोजराज समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ६ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।