मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जना पक्राउ
२०७८-०६-२३
- A
- A-
- A+
पर्सा, वीरगञ्ज महानगरपालिका-१० स्थित प्रभु बैंक अगाडि पार्किङ गरी राखेको सोही महानगरपालिका-१५ बस्ने विवेक कुमार यादवको ना.४८ प ९३६९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२ छप्कैया बस्ने २४ वर्षीय अरमान देवान, ३० वर्षीय सदाम अन्सारी र २७ वर्षीय सहमत अन्सारी रहेका छन् ।
मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजी गर्ने क्रममा उनीहरूलाई उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।