करिब ७ केजी बराबरको चाँदीका गहना सहित पक्राउ
२०७८-०६-२३
- A
- A-
- A+
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहबाट करिब ७ केजी चाँदीका विभिन्न गहनाहरू सहित मोरङ रंगेली नगरपालिका-९ बस्ने २६ वर्षीय उमेश बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भारदहस्थित चेक प्वाईन्टमा ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उमेशलाई अवैध रुपमा लिई हिँडेको उक्त चाँदीका गहनाहरू सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।