संरक्षित वन्यजन्तु रेडपाण्डाको छाला सहित १ जना पक्राउ
२०७८-०६-२३
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-४ बुद्ध मन्दिर नजिकबाट १ थान संरक्षित वन्यजन्तु रेडपाण्डाको छाला सहित जाजरकोट भेरी नगरपालिका-१ बस्ने २८ वर्षीय मनिराम सुनारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा झोलाभित्र लुकाई राखेको उक्त छालासहित मनिरामलाई फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।