प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८-०६-३०

  • A
  • A-
  • A+
Share

   तनँहु, २०७८ असोज ३१ गते 

  ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्ने १७ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ती किशोरले महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०४-१२

पाल्पा, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका-१० कुमाल गाउँ बस्ने २१ वर्षीय रबिन कुमाललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । रबिनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरले उनलाई पक्राउ गरेको हो ।  सुर्खेत, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-१३ दैलेख गुराँस गाउँपालिका-५ गोगनपानी घर भएका ३१ वर्षीय उत्तम चन्दलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उत्तमले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
२०८२-०४-११

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१ सिमलीगाउँ बस्ने रामेछाप मन्थली नगरपालिका-६ घर भएका ३९ वर्षीय श्याम तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार ३ सय ३० रूपैयाँ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-६ लेकसाइडस्थित होटल लेक टप एण्ड रेष्टुरेण्टमा जुवातास खेलिरहेका अवस्थामा रेष्टुरेण्टका संचालक पोखरा महानगरपालिका-२४ घर भएका ४७ वर्षीय चिन्तामणि अधिकारी समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६१ हजार ४ सय नेपाली रूपैयाँ,  ५ हजार ५ सय भारतीय रूपैयाँ र २० बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०४-११

मोरङ, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैंचा नगरपालिका-६ नमुना चोक बस्ने ३७ वर्षीय खगेन्द्र विकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  उदयपुर, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-९ हडिया बस्ने ४८ वर्षीय गजेन्द्र गिरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । गिरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।