स्रोत नखुलेको रकम सहित पक्राउ
२०७९-०५-२४
- A
- A-
- A+
रौतहट, गौर नगरपालिका-१ स्थित गौर भन्सार कार्यालय नजिकबाट स्रोत नखुलेको ४ लाख ९५ हजार रुपैयाँ सहित भारत बिहार सितामढी नगरपंचायत बैरगनियाँ-१ पटेल टोला बस्ने ४५ वर्षीय लक्ष्मी कुमार साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।