जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-०६-१२
- A
- A-
- A+
भक्तपुर, १९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बैतडी सिगास गाँउपालिका-५ घर भई मध्यपुर ठिमी नगरपालिका-९ बोडे बस्ने ४९ वर्षीय टेक बहादुर चन्दलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
चन्दले आफ्नै घरमा ती महिलालाई जबरजस्ती करणी गरेको कसूरमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।