प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गाई गोठमा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

२०७८-०७-०५

  • A
  • A-
  • A+
Share

 पर्सा, 

पर्सागढी नगरपालिका-९ बरेवास्थित नन्दलाल दासको गाई गोठमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बडनियार बस्ने ३० वर्षीय कोशिया ठाकुर लगायत १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

उक्त गोठमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरीले नगद १ लाख ७१ हजार १ सय ३५ रुपैयाँ, ३ वटा मोटरसाइकल, २० थान मोबाइल, १ थान सादा चेक सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको  हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
२०८२-०६-२०

कास्की, पोखरा महानगरपालिका-६ लेकसाइडस्थित पोखरा वुटिक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय देव श्रेष्ठ समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३९ हजार ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडी एकताटोल बस्ने ४६ वर्षीय भोजराज भट्टको पसलमा जुवातास खेलिरहेको अवस्थामा भोजराज समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ६ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।