चोरी गरिरहेको अवस्थामा पक्राउ
२०७९-०७-२५
- A
- A-
- A+
बारा, आर्दश कोतवाल गाउँपालिका-७ कोतवाली बस्ने आतित हुसेनको घरमा चोरी गरिरहेको अवस्थामा सुवर्ण गाउँपालिका-४ प्रशुरामपुर बस्ने २२ वर्षीय रहमान मियाँ अंसारीलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्शबाट खटिएको प्रहरीले चोरी गरिरहेको अवस्थामा फेला पारी तलासी गर्दा ईन्सासको गोली जस्तो देखिने २ राउण्ड गोली, चाँदीको पायल २ थान, कङगन २ थान र रेडिमेट गहना फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।