अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०७९-०८-१०
- A
- A-
- A+
कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित टिकापुर नगरपालिका-३ बस्ने १८ वर्षीय २ जना किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।