प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

टिकटकमार्फत अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ

२०७९-१०-०५

  • A
  • A-
  • A+
Share

काठमाडौं, टिकटकमार्फत अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा रूकुम (पूर्वी) पुथा गाउँपालिका-५ घर भई  ललितपुर हरिसिद्धि बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

उनले आफ्नो ईसेवा लगायत अन्य डिजिटल वालेटमा बिभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई आफूले लाभ लिने उद्देश्य राखी टिकटकमा लाईभमार्फत् रकमको वाजी राख्न लगाई जुवा खेलाउने गरेको भन्ने सूचनाका आधारमा  काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई टिकटक लाइभमार्फत जुवा खेलाई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

मल्लले ‘क्विक क्यास’ नामक टिकटक  आईडीहरु खोली दुइवटा ई-सेवा वालेटमा बिभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई १५ दिनको अबधिमा ८ लाख ५३ हजार ३ सय ३१ बराबरको रकम टिकटक लाइभ जुवामार्फत् कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । जुवातास खेलाउन प्रयोग भएको स्मार्टफोन १ थान, तास खेल्ने व्यक्तिहरूको नाम र रकम उल्लेख भएको रजिस्टर १ थान र जुवा खेलाउन प्रयोग भएका तास ३ बुक प्रहरीले बरामद गरेको छ ।  

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०८२-०७-२४

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी सृजनाटोलस्थित मकवानपुर हेटौंडा घर भएकी ५५ वर्षीया निर्मला मोक्तानले संचालन गरेको उर्मिला खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा निर्मला समेत १३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८० हजार ७ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपलिका-९ कालिकानगरस्थित चौतारी रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा नवलपरासी पश्चिम सुनवल नगरपालिका-४ सुभमनगर बस्ने ५० वर्षीय शिवलाल सुबेदी समेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५० हजार ५ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८२-०७-२१

काठमाडौं,  काठमाडौं महानगरपालिका-१६ बनस्थलीस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर, ललितपुर महानगरपालिका-२८ बस्ने तनहुँ भिमाद नगरपालिका-४ घर भएका ४४ वर्षीय लेख बहादुर राना समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार १ सय ६० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरको हो ।  कैलाली, भजनी नगरपालिका-१ भजनी बजारस्थित मोनिस्का होटलमा जुवातास खेलिरहेको अवस्थामा होटलका संचालक ४४ वर्षीय राजु चौधरी समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ३५ जना पक्राउ
२०८२-०७-१६

काठमाडौं, चन्द्रागिरी नगरपालिका-६ महादेवस्थानस्थित सरिता गिरीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सरिता समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७२ हजार ५० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-९ मटेना बस्ने ३० वर्षीय रोहित नाथको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा रोहित समेत १२ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । झापा, गौरादह नगरपालिका-५ स्कुलचौन बजार बस्ने ३८ वर्षीय दिल बहादुर मगरले संचालन गरेको सत्कार होटलमा जुवातास खेलिरहेको अवस्थामा दिल बहादुर समेत १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४५ हजार ९ सय ६० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-२५ स्थित घरमा जुवातास खेलिरहेको अवस्थामा माछापुच्छ्रे गाउँपालिका-१ बस्ने ४८ वर्षीय ओम गुरूङ समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार २ सय ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।