जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-१०-१६
- A
- A-
- A+
तेह्रथुम, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आठराई गाउँपालिका-६ फुङसिङ बस्ने ६७ वर्षीय सूर्य कन्दङवालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कन्दङवाले ती बालिकालाई केही महिना अगाडिदेखि ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चुहानडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ललितपुर, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोरखा तारुघाट गाउँपालिका-८ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । किशोरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।