प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

२०७८-०७-१२

  • A
  • A-
  • A+
Share

    काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ बेशीगाउँ डेरा गरी बस्ने नुवाकोट घर भएका ३७ वर्षीय सागर तामाङ समेत ६ जनालई कौडा खेलिरहेको अवस्थामा बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सागरले जुवातास खेलाइहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ६३ हजार १ सय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।  

यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी चौरमा जुवाको रुपमा ओखर खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ सुन्दरीजल बस्ने ४० वर्षीय जनक बहादुर तामाङ लगायत १४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । उक्त चौरमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७५ हजार ६ सय ३० रुपैयाँ र  जुवा खेल्न प्रयोग भएको ११ वटा ओखर सहित पक्राउ गरेको हो । 

नुवाकोट, बिदुर नगरपालिका-५ गंगटे बस्ने २८ वर्षीय नबिन चित्रकारको कोठामा तास खेलिरहेको अवस्थामा चित्रकार लगायत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई ३ लाख ५२ हजार रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
२०८२-०६-२०

कास्की, पोखरा महानगरपालिका-६ लेकसाइडस्थित पोखरा वुटिक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय देव श्रेष्ठ समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३९ हजार ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडी एकताटोल बस्ने ४६ वर्षीय भोजराज भट्टको पसलमा जुवातास खेलिरहेको अवस्थामा भोजराज समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ६ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।