अस्थायी प्रहरी चौकी धादिङ स्थापना
२०७८-०७-१२
- A
- A-
- A+
मकवानपुर, मकवानपुरगढी गाउँपालिका-५ धादिङ मकवानपुरस्थित अस्थायी प्रहरी चौकी धादिङ शुक्रबार बिहान स्थापना गरी कार्य सञ्चालन गरिएको छ ।
मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, स्थानीय जनप्रतिनिधि, पत्रकार र स्थानीय वासिन्दाको उपस्थितिमा उक्त प्रहरी चौकीको स्थापना गरी प्रहरी सहायक निरीक्षकको कमाण्डमा कार्य सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।