प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानव बेचबिखन ओसार पसारमा परेका १२ जना महिलाहरू तथा १ जना बालिकाको भारतबाट उद्दार

२०७९-१०-२०

  • A
  • A-
  • A+
Share

काठमाडौं,  मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलको पहलमा भारतको राजस्थान,जयपुर अन्तराष्ट्रिय विमानस्थलबाट ईथोपिया लैजानका लागी उक्त एयरपोर्टको अध्यागमन कार्यालयमा पुर्‍याइएको अवस्थामा मानव बेचबिखन ओसारपसारमा परेका १२ जना महिलाहरूको भारतबाट उद्दार गरिएको छ ।

 नेपालका विभिन्न नाकाहरुबाट २०७९ सालको मंसिर र पुष महिनामा भारत पुर्‍याई दुवई हुदै भिजीट भिसामा ईथोपिया मा बैदेशिक रोजगारीको लागी लैजाने प्रलोभन देखाई नेपाली महिलाहरुलाई भारतको जयपुरमा लगी राखिएको र ती महिलाहरु मानव बेचबिखन ओसारपसार अपराधको उच्च जोखिममा रहेको भन्ने सूचनाको आधारमा उक्त व्यूरोबाट खटिएको प्रहरीले भारतको नयाँदिल्लीमा रहेको नेपाली राजदूतावास, भारतीय प्रहरी, भारतिय संस्था HELP TRUST CROSS INDIA  र नेपालस्थित शान्ति पुनस्थार्पना गृहको सहकार्यमा उनीहरूको उद्दार गरिएको हो ।

उनीहरुलाई नेपालबाट भारत पुर्‍याई भिजीट भिसामा दुवई हुदै ईथोपिया लैजाने कार्यमा नेपाली तथा भारतीय नागरिकहरुको संलग्नता रहेको पाइएकोमा नेपालबाट भारत लैजाने क्रममा जोगमनी, काँकडभिट्टा, जमुनाहा, सुनौली लगाएतका नाकाहरु प्रयोग हुने गरेको र मानव बेचबिखन ओसारपसार अपराधको जोखिममा रहेका पीडितबाट रकम नलिई पीडकलेनै खर्च गर्ने गरेको पाइएको छ । यसै गरी ईथोपिया लैजाने भनि भिजिट भिसामा दुबई लगी त्याँबाट घरायसी कामदारको रुपमा कार्य गर्ने गरी ओमान र कुवेतमा तस्करी गर्ने गरेको र विदेश जानको लागी राहदानी समेत पीडितहरुलेनै बनाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । 

यसैगरी मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलको पहलमा मानवबेचबिखनमा परेकी १ जना बालिकाको भारतको रनहोला थानाको वडा एरिया अन्तरगतको मंगलबजार गल्ली नम्बर २ बापरुल्ला बिहार दिल्लीमा रहेको एक घरबाट  मंगलबार उद्दार गरिएको छ । 

आफ्नो मामाघरबाट ती बालिका गत पुस १८ गते सम्पर्क विहीन भएको घटनाको थप अनुसन्धान गर्ने मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले ती बालिकलाई  भारतको नयाँदिल्लीमा लगिएको खुल्न आएपछि उक्त व्यूरोको पहलमा नेपाली राजदूतावास, भारतिय प्रहरी, भारतिय संस्था KIN INDIA को समन्वय तथा सहकार्यमा खोजी गरी ती बालिकाको उद्दार गरिएको हो । 

पीडकले ती बालिकालाई मामाघरबाट ल्याई काठमाडौंमा बन्धक बनाई राखेपश्चात नेपाल भारत सिमा सुनौलि हुँदै भारतमा पुर्‍याएपछि भारतको विभिन्न स्थानमा रहेका ३ जना फरक तान्त्रिक बाबा समक्ष लगिएपछि बालिकालाई उक्त स्थानमा राखिएको अवस्थामा फेला पारी उद्दार गरिएको हो । साथै उक्त घटनामा संलग्न ६ जना प्रतिवादीहरूलाई पक्राउ गरी घटनाको थप अनुसन्धान कार्य भइरहेको छ ।   


सम्बन्धित समाचार
मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८२-०३-०६

पर्सा, मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न रहेको अभियोगमा चितवन माडी नगरपालिका-८ खर्कटा बस्ने ४१ वर्षीय दिपक खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ठोरी गाउँपालिका-२ ठोरी बजारमा फ्रि टिकट, फ्रि भिषामा वैदेशिक रोजगारीका लागि दुबई र ओमान पठाइदिन्छु भनी विभिन्न प्रलोभन देखाई ४ जना पीडितहरूलाई भारततर्फ बिक्री गर्न लैजाँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले पीडितहरूको उद्दार समेत गरेको छ । उनी उपर मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद  थप  अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी पक्राउ
२०८२-०१-१३

काठमाडौं, मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका-७ खोङ्गे ठेगाना भएका ६७ वर्षीय चमारे भन्ने चमार तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई उनकै घर वतनबाट पक्राउ गरेको हो । चमार तामाङ समेतले काठमाडौं चाबाहिलस्थित गलैचा बुन्ने कारखानामा काम गर्ने पीडितलाई यो काम गर्दा टिबी रोग लाग्छ, हङकङमा गएर सुनको व्यापार गरौ, तिमी जस्तो केटीले बढी सुन ल्याउन सक्छौ भनी विश्वास दिलाई २०४४ पुस १९ गते काठमाडौंबाट दिल्ली हुँदै मुम्बईस्थित रिता तामाङ नाम गरेकी नेपाली महिलाले सञ्चालन गरेको कोठीमा पुर्‍याई भारतीय ८० हजार रूपैयाँमा बेचबिखन गरी उक्त वेश्यालयमा जबरजस्ती ७ वर्ष सम्म वेश्यावृत्तिको काममा लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै पीडितले २०५२ फागुन १ गते जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा तामाङ विरूद्ध जाहेरी दिएकोमा प्रारम्भिक अनुसन्धान सम्पन्न पश्चात अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएकोमा २०५२ फागुन ८ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा मुद्दा दर्ता भई थप अनुसन्धानको लागि २०७७ असोज २० गते मानव बेचबिखन अनुसन्धान ब्यूरोमा सक्कल मिसिल प्राप्त भएको थियो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी पक्राउ
२०८२-०१-१०

काठमाडौं, मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका-१ घर भएका ३० वर्षीय आशिष परियार नेपाली भन्ने आशिष नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पीडित बालिकालाई २०७० फागुन ११ गते चीनको खासास्थित छिरिङ डान्सबारमा लगि १८ हजार रूपैयाँमा बेचबिखन गरेको घटनामा संलग्न रही वारदात मिति देखि फरार रहेका आशिषलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो ।उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१२-२२

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी काठमाडौं टोखा नगरपालिका-९ बस्ने इलाम माई नगरपालिका-७ घर भएकी २८ वर्षीया चिनि माया लिम्बु भन्ने चिन माया लामा लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको गत मंसिर ५ गतेको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद सजाय र ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले टोखा नगरपालिका-९ दिपज्योति मार्गबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं पठाइएको छ । 

बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा संलग्न गेस्ट हाउस संचालक पक्राउ
२०८१-१२-०६

काठमाडौं,  बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका संचालक गोरखा पालुङटार नगरपालिका- ६ घर भएका ४५ वर्षीय शम्भुलाल मल्ललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उक्त गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा शम्भु लालले आर्थिक लाभ लिई बालिकाहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त गेष्ट हाउसबाट २ जना बालिकाहरूको उद्दार गरी सुरक्षित आवासको लागि सेल्टरहोममा पठाएको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

इराक पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा पक्राउ
२०८१-१२-०४

काठमाडौं, घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा नुवाकोट तारकेश्वर  गाउँपालिका-५ घर भएका ३४ वर्षीय हिरा तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । हिरा तामाङ समेतले इराकमा घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाई दुवई हुँदै इराकमा पुर्‍याई विभिन्न व्यक्तिहरूको घरमा पठाई चरम श्रम शोषण गरी शारीरिक यातना समेत दिई बन्धक बनाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।