छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०७९-१०-२२
- A
- A-
- A+
कैलाली, भजनी नगरपालिका-३ कुसमघाटबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ३० ग्राम ५७ मिलिग्राम सहित टिकापुर नगरपालिका-८ बटमपुर बस्ने २५ वर्षीय आकाश चौधरी समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भजनी र प्रहरी चौकी जनकपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले से.५ प २०८९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ रामजानकी टोलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित डोटी आदर्श गाउँपालिका-२ घर भएकी १९ वर्षीया आयुसा उपाध्याय समेत २ जनालाई सनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, गौरीगंज गाउँपालिका-१ भाङडाँडाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ५ ग्राम र नगद २ हजार २ सय रुपैयाँ सहित शिवसताक्षी नगरपालिका-६ बस्ने ३० वर्षीय सन्तोष ताजपुरिया समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिवगंजबाट खटिएको प्रहरीले मे.३ प ६५३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-३ शिवगंजबाट नियन्त्रित लागूऔषध ट्रमाडोल हाईड्रोक्लोराईड ४ सय क्याप्सुल, डाईजोपाम १९ पिस र सिरिन्ज १ थान सहित उदयपुर बेलका नगरपालिका-५ बस्ने २८ वर्षीय मिलन राई समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भोक्राहाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, सुनवर्षी नगरपालिका-७ बरडंगाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल क्याप्सुल ९ हजार ६ सय पिस शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बरडंगाबाट खटिएको प्रहरीलाई देख्नासाथ बीआर ३९ एल १०८२ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएको उक्त मोटरसाइकलमा बाँधेको बोरा खोली हेर्दा उक्त लागूऔषध फेला पारी प्रहरीले बरामद गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।