प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

२०७९-१०-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ सामाखुसी टाउन प्लानिङ बस्ने रबिन गुरूङको घरबाट नगद ९ लाख रुपैयाँ चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-११ भण्डारीटोल बस्नेहरू सुनसरी इटहरी उपमहानगरपालिका-१८ पकली घर भएका २० वर्षीय इकरामुल मिया र सुनसरी इनरुवा नगरपालिका-१० जलपापुर घर भएका १९ वर्षीय सेहेबुब आलम रहेका छन् । गुरूङको घरबाट माघ २३ गते नगद चोरी भएको घटनाको थप अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यायल मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ सामाखुशी टाउन प्लानिङबाट चोरी भएको नगदमध्ये ४ लाख ५० हजार रूपैयाँ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत महाराजगंज पठाइएको छ ।

 

सम्बन्धित समाचार
गोदामबाट सामान चोरी गरेको अभियोगमा तीन जना पक्राउ
२०८१-०२-३१

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर फुलवारीमार्गस्थित आहाना ईन्टरप्राईजेज प्रालिको गोदामबाट २० लाख २४ हजार रुपैयाँ बराबरको सामान चोरी गरेको अभियोगमा ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं नरदेवी बस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका-६ घर भएका २७ वर्षीय सोनु गदाल, भक्तपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २८ वर्षीय अनिश थापा र भक्तपुर मध्यपुर ठिमी बस्ने नवलपरासी रामनगर सुनौल नगरपालिका-१ घर भएकी ४६ वर्षीया ममता घले रहेका छन् । उक्त गोदामबाट शिशु अनुगामी पावडर ब्राण्डका सामानहरू गत वैशाख ३१ गते दिउँसो चोरी भएको घटना अनुसन्धानको क्रममा सोही गोदाममा काम गर्ने उनीहरूको संलग्नता रहेको भन्ने खुल्न आएपश्‍चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई कोटेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  

अवैध सुन, चाँदी र स्रोत नखुलेको नगदसहित एक जना पक्राउ
२०८०-०८-१९

काभ्रे, बनेपा नगरपालिका-७ वकुटोल डेरा गरी बस्ने भारत महाराष्ट्र साङली घर भएका ३९ वर्षीय सचिन बिभुते अवैध सुन, चाँदी र नगदसहित पक्राउ परेका छन् । सचिनले आफ्नो कोठामा अवैध रूपमा सुन तथा चाँदी गाली बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनलाई सोमबार बेलुकी पक्राउ गरेको हो । उनको कोठाबाट बिल नभएको सुन जस्तो देखिने धातु २ सय ३५ ग्राम ९ मिलिग्राम तथा चाँदी जस्तो देखिने धातु १ केजी ९ सय १ ग्राम २६ मिलिग्राम र स्रोत नखुलेको नगद ५ लाख ७६ हजार १ सय ३५ नेपाली तथा २२ हजार भारतीय रूपैयाँ बरामद भएको छ । साथै डिजिटल तराजु, २ सय ग्रामको ढक, माटोको बोचा १० थान, सुनको आकार दिने फलामको ढाला, माटोको मट्टी २ थान, मोबाइल २ थान, बैंक चेक २ थान लगायतका सामान समेत बरामद भएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

२० केजी चाँदीसहित दुई जना पक्राउ
२०८०-०५-१२

सिन्धुली, गोलन्जोर गाउँपालिका-५ खनियाखर्क बजारबाट करिब २० केजी चाँदीसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको  छ ।पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका-५ बस्ने रोहित कुमार यादव र सप्तरी राजविराज नगरपालिका-८ घर भई मोरङ विराटनगर महानगरपालिका-४ बस्ने ३७ वर्षीय शेचन मानन्धर रहेका छन् ।  प्रहरी चौकी गढीबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१-०२५ च १०६९ नम्बरको कारलाई जाँच गर्ने क्रममा चालक पछाडिको सिट मुनि ४ वटा प्लाष्टिकमा लुकाई छिपाई राखेको उक्त परिमाणको चाँदी फेला पारी चालक रोहितकुमार र कारमा सवार शेचनलाई पक्राउ गरेको हो । उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ । 

सहकारी संस्थाबाट नगद तथा ल्यापटप चोरी गरेको अभियोगमा तीन जना पक्राउ
२०८०-०५-११

मोरङ, धनपालथान गाउँपालिका-२ कुशमाहस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट नगद ५० हजार रूपैयाँ  र २ थान ल्यापटप चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनपालथान गाउँपालिका-१ नोचा बस्ने २१ वर्षीय पारस मण्डल, सोही गाउँपालिका-७ कदमाहा बस्ने २४  वर्षीय रोशन मण्डल र २० वर्षीय बिशाल कुमार सिंह रहेका छन् । उक्त सहकारी संस्थाबाट गत साउन ३२ गते राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुलेपछि ईलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाही बरियातिबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत मोरङबाट ५ दिन म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

१२ थान चोरीको मोटरसाइकलसहित सात जना पक्राउ
२०८०-०४-११

बारा, विभिन्न मिति  र स्थानहरुबाट चोरी भएका १२ थान मोटरसाइकलसहित  चोरीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जितपुर सिमरा उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय विर्धोज वाईवा, सोही उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय सुदर्शन बोम्जन, कलैया उपमहानगरपालिका-२० बस्ने २० वर्षीय दिपेन्द्र कुमार महतो, १९ वर्षीय राधेश्याम महतो, २१ वर्षीय सतेन्द्र कुमार गुप्ता, महागढीमाई नगरपालिका-९ बस्ने २० वर्षीय राजिनन्द महतो र रौतहट चन्द्रनिगाहपुर नगरपालिका-२ बस्ने २६ वर्षीय पंचालाल बलोन रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा विभिन्न ठाउँबाट चोरी भएका बा.२६ प ७७५३, ज.११ प ८४९५, ना.५१ प २७९०, ना.५२ प ७१३२, बीआर०५ एफ ०६०३, बीआर ०५ ए ९०६२, ना. ४१ प ८४६८, बा.९० प ५००८, मधेश प्रदेश ०३-०२६ प ९९५६, बा.६४ प ४६८४ र २ ‘अन टेस्ट’ लेखिएका मोटरसाइकलसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर चोरी तथा डाँका सम्बन्धी मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको   छ ।  

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ
२०८०-०२-०१

मोरङ जिल्लाका विभिन्न स्थानबाट को.३० प ७६९२, को.२५ प १३२६ र को.३७ प १३२३ नम्बरको मोटरसाइकल चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका-६ बस्ने १९ वर्षीय प्रकाश सरदार, धनपालथान गाउँपालिका-५ बस्ने २० वर्षीय दिपेश कुमार सरदार, सोही गाउँपालिका-६ बस्ने २१ वर्षीय विजय सहनी, २५ वर्षीय जितेन कुमार राय र बिराटनगर महानगरपालिका-८ बस्ने २० वर्षीय रोहित चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत मोरङबाट चोरी कसूरमा ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।