प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित ११ जना पक्राउ

२०७९-११-०४

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ बस्तिपुरस्थित सडकबाट अवैध लागूऔषध गाँजा सहित ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरीले बा.२१ च ९३२६ नम्बरको गाडीबाट करिब ४० केजी अवैध लागूऔषध गाँजा फेला पारी गाडीका चालक बारा बौदिमाई नगरपालिका-४ बस्ने २० वर्षीय राज कुमार राम सहित ४ जना र ना.२१ प १०९० नम्बरको मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-१९ बस्ने १९ वर्षीय नबराज थिङलाई अवैध लागूऔषध गाँजा करिब ६० ग्राम सहित फेला पारी प्रहरीले गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारलबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ७० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-३ बस्ने २३ वर्षीय आषिस ओली र २९ वर्षीय बसन्त ओली रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००१० प ७९९९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

कञ्चनपुर, पुनर्वास नगरपालिका-११ अमरबस्ती बस्ने ३२ वर्षीय सविन महर्जन र सोही ठाउँ बस्ने २६ वर्षीय राजु विकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम, नगद ४ हजार ४ सय २० भारतीय रूपैयाँ, ६ हजार ४ सय ९० नेपाली रूपैयाँ, विभिन्न देशका सिक्का ७ थान र डिजिटल तराजु १ थान सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त टोलीले सविनको घरमा लागूऔषधको कारोबार गरिरेहेको अवस्थामा उक्त लागूऔषध, नगद र डिजिटल तराजु सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

बाँके, बैजनाथ गाउँपालिका-२ माथिल्लो पितमारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सुरेश रानालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

झापा, झापा गाउँपालिका-६ भृकुटी चौक बस्ने ३० वर्षीय हेम नारायण चौधरीलाई अवैध लागूऔषध गाँजा ५ सय ६५ ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध सेवन तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

चितवन, खैरहनी नगरपालिका-९ बैरहनी चोकबाट करिब ११ केजी अवैध लागूऔषध गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ पैदलयात्रीले झोला फाली फरार भएपछि झोला तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित समाचार
करिब १ सय ६१ किलोग्राम गाँजा सहित तीन जना पक्राउ
२०८१-०९-१५

पर्सा, वीरगंज महानगरपालिका-१८ भवानीपुर सिताराम चोकस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ सय ६० किलोग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ कमाने बस्ने ४४ वर्षीय कृष्ण घलान र चितवन राप्ती नगरपालिका-३ बस्ने २० वर्षीय रोनाल विश्वकर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले परवानीपुरबाट ड्राइपोर्टतर्फ जाँदै गरेको ना.३ ख ४२१२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको हुटमा फल्स बनाई प्लाष्टिकमा बेरी लुकाइ छिपाई राखिएको १६ वटा पोकामा उक्त परिमाणको गाँजा फेला पारी चालक कृष्ण र ट्रकमा सवार रोनाललाई पक्राउ गरेको हो । सुनसरी, बराहक्षेत्र नगरपालिका-२ जब्दीबाट अवैध लागूऔषध गाँजा १ किलो ४ सय ग्राम सहित भोजपुर हतुवागढी गाउँपालिका-३ सिन्द्राङ बस्ने २२ वर्षीय निकेश राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८१-०९-१५

बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-४ ई गाउँ बस्ने २५ वर्षीय निल कमल बड र उनकै श्रीमती २१ वर्षीया दिपिका बोहरा रहेका छन् । प्रहरी चौकी कालिका र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय २० मिलिग्राम सहित बुद्धशान्ति गाउँपालिका-४ बस्ने २१ वर्षीय पर्शुराम राईलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-२ वैयावेहडी बस्ने ३० वर्षीय रोहित थापालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ९० मिलिग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८१-०९-१४

काठमाडौं, नागार्जुन नगरपालिका-२ बाट नियन्त्रित लागूऔषध डाइजेपाम १७ पिस, नोर्फिन १६ पिस र फेनारगन १६ पिस सहित सोही नगरपालिका-३ इचंगु नारायण बस्ने बारा घर भएका ३१ वर्षीय विद्या सागर लामालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-२ बदनाम गल्लीबाट नियन्त्रित लागूऔषध स्पास्मो ३६ ट्याब्लेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ वनखेत बस्ने २१ वर्षीय अमित शाकी र २५ वर्षीय बिरेन्द्र साउँद रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बारा, जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट नियन्त्रित लागूऔषध नोर्फिन १ हजार २ सय पिस, डाइजेपाम १ हजार २ सय पिस र फेनारगन १ हजार २ सय पिस सहित रौतहट कटहरिया नगरपालिका-७ बस्ने १८ वर्षीया किशोरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ५१५९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१५ मिलन चोकबाट नियन्त्रित लागूऔषध स्पास्पेन १ सय २३ ट्याब्लेट र ट्रामाडोल १ सय १७ ट्याब्लेट सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय सन्जिप गिरी र २३ वर्षीय रोजेस श्रेष्ठ रहेका छन् । अस्थाई प्रहरी पोष्ट श्यामचोकबाट खटिएको प्रहरीले को.२६ प ८३७२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-९ गैरी गाउँ बस्ने २८ वर्षीय सालु भन्ने अजय राजवंशीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९० मिलिग्राम, मोबाईल ५ थान र नगद ५० हजार १ सय ५० रूपैयाँ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  पाल्पा, बगनासकाली गाउँपालिका-५ राम्दिबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४६ पिस, प्रोमोथाईजिन ४६ पिस, नोर्फिन ४६ पिस सहित कास्की पोखरा घर बताउने २८ वर्षीय गणेश श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८१-०९-१३

सुनसरी, धरान उपमहानगरपालिका-४ साराङ्ग चोकबाट अवैध लागूऔषध गाँजा करिब ३७ किलोग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका-९ बस्ने २३ वर्षीय तिर्थ दर्जी र सुनसरी बराहक्षेत्र नगरपालिका-१ बस्ने ४० वर्षीय कृष्ण बिसुङ्खे रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको ग.२ च ८११७ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको डिकीभित्र प्लाष्‍टिकमा प्याक गरी लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक तिर्थ र कारमा सवार कृष्णलाई पक्राउ गरेको हो । उदयपुर, उदयपुरगढी गाउँपालिका-१ धेप्छेबाट अवैध लागूऔषध गाँजा करिब ५५ किलोग्राम सहित ताप्ली गाउँपालिका-१ बस्ने ३६ वर्षीय चित्र बहादुर मगरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ शिखरपुरबाट बाहुनिटारतर्फ जाँदै गरेका उनलाई गाँजाको भारी फाली भाग्ने क्रममा पक्राउ गरेको  हो । साथै हाल फरार अन्य २ जनाको प्रहरीले खोजी गरिरहेको छ । भक्तपुर, चाँगुनारायण नगरपालिका-२ दुवाकोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्राम सहित सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ घर भई काठमाडौं जोरपाटी बस्ने ३८ वर्षीय नोनो तामाङ समेत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-५ गेटा बस्ने २३ वर्षीय कमलेश बमलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यलय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-९ पिलालि पूर्वाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९६ ग्राम ४ सय ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-१३ बस्ने ४० वर्षीय रहिस कवाडिया र सोही उपमहानगरपालिका-१६ जयसपुर बस्ने ४० वर्षीय बदरदिन जसगढ रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  जुम्ला, तातोपानी गाउँपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम  सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय नन्दराम नेपाली, २० वर्षीय पंकज सार्की र २१ वर्षीय प्रबेश नेपाली रहेका छन् । प्रहरी चौकी हाँकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कपिलवस्तु, कृष्णनगर नगरपालिका-३ लक्ष्मीनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित सोही नगरपालिका-३ झण्डेनगर बस्ने २० वर्षीय आशिस शाहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ खुटहटबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ हजार ३ सय १० ट्याब्लेट, फेनारगन १ सय ८९ एम्पुल, डाईजेपाम १ सय ९० एम्पुल, ब्रुप्रेनोर्फिन १ सय ९० एम्पुल र स्पास्मो २ सय ५६ क्यापसुल सहित सुनवल नगरपालिका-२ खुटहट बस्ने २० वर्षीय भुवननाथ कुर्मी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८१-०९-१२

झापा, बिर्तामोड नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम १ सय ५० मिलिग्राम सहित इलाम सुर्योदय नगरपालिका-८ बस्ने २८ वर्षीय सुमित श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, झापा गाउँपालिका-४ स्थित पेच्कर बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम सहित दमक नगरपालिका-४ बस्ने २१ वर्षीय सन्देश राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   उदयपुर, बेलका नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलका नगरपालिका-२ करैया बस्ने २४ वर्षीय प्रमोद चौधरी र २६ वर्षीय रोशन चौधरी रहेका छन् । प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरीले पुरन्दहबाट फत्तेपुरतर्फ जाँदै गरेको को.१ प ११६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ पुरानो मकवानपुर रोड बस्ने शिशिर राजथला समेत ५ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले शिशिरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७ हटिया दाबिलेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय विदन कुमार भुजेल र बारा बिश्रामपुर गाउँपालिका-८ नकटुवा टोल बस्ने २१ वर्षीय शेख आजाद रहेका छन् । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले विदन कुमारको घरबाट उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय शिव राज रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  महोत्तरी, सम्सी गाउँपालिका-६ सम्सी चोकस्थित सडकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ५७ ट्याब्लेट र कार्टस्पास ८ ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ संग्रामपुर बस्ने रिचमान अंसारी र काभ्रे नमोबुद्ध नगरपालिका भकुण्डेबेसी बस्ने २४ वर्षीय संदिप चिमोरिया रहेका छन् । प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले सम्सीबाट गौशालातर्फ जाँदै गरेको ज.१ ह ३९३१ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८१-०९-११

कैलाली, टिकापुर नगरपालिका-२ ठानापुरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्राम सहित टिकापुर नगरपालिका-९ रैनिबोझी बस्ने २९ वर्षीय गोबिन्द चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, ईनरुवा नगरपालिका-२ बस्ने २५ वर्षीय अजय कुमार मण्डललाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।