अवैध लागूऔषधसहित चार जना पक्राउ
२०७९-११-०४
- A
- A-
- A+
रुपन्देही, बुटवल उपमहानरगपालिका-१० योगीकुटीबाट नियन्त्रित लागूऔषध नुफिन १८ एम्पुल, फेनारागन १८ एम्पुल, डाईजेपाम १८ एम्पुल सहित तनहुँ घिरिङ गाउँपालिका-२ घर भई रुपन्देही बुटवल उपमहानगरपालिका-१७ रानीगंज बस्ने २४ वर्षीय सुनिल परियारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका-८ दारिमबासबाट अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ७० मिलिग्राम सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहारका २५ वर्षीय सम्सोदिन अंसारी, ४५ वर्षीय श्याम किशोर सिंह र १९ वर्षीय दुर्लब कुमार रहेका छन् । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।