प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-११-१६

  • A
  • A-
  • A+
Share

भक्तपुर, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २३ वर्षीय जय थापा भन्ने श्री थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको   छ । ती किशोरीलाई थापाले आफ्नै कोठामा फागुन ७ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई मध्यपुर ठिमी नगरपालिका-६ पुरानो ठिमिबाट पक्राउ गरेको हो । 

भोजपुर, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका-७ भदौरे बस्ने  २६ वर्षीय हरि कुमार भन्ने हरि श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-६ मठेटारस्थित कच्ची बाटो नजिक श्रेष्ठले ती किशोरीलाई शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिङलाभोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  



सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०३-०६

स्याङ्जा, ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फेदीखोला गाउँपालिका-३ कराम्दी बस्ने २७ वर्षीय सूर्य मिजारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । मिजारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई फेदीखोला गाउँपालिका आरूखर्कबाट पक्राउ गरेको   हो । इलाम, ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका-६ गढी बस्ने ३२ वर्षीय नर बहादुर विश्वकर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।