अवैध लागूऔषधसहित पक्राउ
२०७९-११-१६
- A
- A-
- A+
कैलाली, गोदावरी नगरपालिका-९ बल्मीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्रामसहित सोही नगरपालिका-६ बस्ने २४ वर्षीय जयकिशन चौधरीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले यूपी २० बीएम ६८०७ नम्बरको भारतीय कार जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी चालक चौधरीलाई पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका-५ बिजैरा बस्ने ३२ वर्षीय ओकेन्द्र चौधरी र सोही नगरपालिका-६ भुयरा बस्ने ३१ वर्षीय विष्णु चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ३० मिलिग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले ओकेन्द्रलाई उनकै घर अगाडिबाट करिब २ सय ६० मिलिग्राम र विष्णुलाई आफ्नै घरमा लुकाई छिपाई राखेको १ ग्राम ५ सय ७० मिलिग्राम उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।