प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ३८ जना पक्राउ

२०७९-११-१७

  • A
  • A-
  • A+
Share

काठमाडौं, महानगरपालिका-१४ कुलेश्वर गैरीशंकर बस्ने बसन्त सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१२ टेकु बस्ने ४२ वर्षीया दिलमाया देउलासमेत २३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३८ हजार २ सय रुपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी, काठमाडौं, महानगरपालिका-९ शम्भुमार्ग बस्ने जमुना पौडेलको घरको अण्डर ग्राउण्डमा जुवातास खेलिरहेको अवस्थामा काभ्रे घर भई हाल काठमाडौं महानगरपालिका-७ मित्रपार्क बस्ने ३६ वर्षीय जित नारायण श्रेष्ठसमेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटीएको प्रहरीले उनीहरूलाई नगद ४६ हजार रुपैयाँ र ३  बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी, काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ बलम्बु बस्ने ५८ वर्षीय पूर्ण महर्जनको घरमा तास खेलिरहेको अवस्थामा महर्जन समेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ९ सय १० रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८२-०३-०१

भक्तपुर, सुर्यविनायक नगरपालिका-१ सिरूटार बस्ने ६२ वर्षीय राम प्रसाद राउतको घरमा जुवातास खेलिरहेको अवस्थामा राम प्रसाद समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ७ सय ८० रूपैयाँ र तास ६ बुक सहित पक्राउ गरेको हो ।  काभ्रे, पनौती नगरपालिका-५ ढलमले डेरा गरी बस्ने ४७ वर्षीय संजिब कुमार श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा संजिब कुमार समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय ३० रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।