अवैध लागूऔषधसहित पक्राउ
२०७९-१२-०२
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोईन करिब १ ग्राम ३६ मिलिग्रामसहित मोरङ शनिश्चरे गाउँपालिका-७ बस्ने २१ वर्षीय सनिस राज आङदेम्बेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले प्र.१-०१ -००१ ख ४०४३ नम्बरको बसलाई जाँच गर्नेमा क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
महोत्तरी, बर्दिबास नगरपालिका-१० महराखोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १५ केजी बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी खयरमाराबाट खटिएको प्रहरीलाई देख्नासाथ प्रदेश २-०२-००२ प ४६४१ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएपश्चात मोटरसाइल जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।