अवैध लागूऔषधसहित पक्राउ
२०७९-१२-०६
- A
- A-
- A+
सर्लाही, विष्णु गाउँपालिका-५ फेन्हराबाट अवैध लागूऔषध गाँजा ४ किलोग्राम र भारतीय रूपैयाँ १२ हजारसहित भारत सितामढी सुपी थाना मोहनी मंडल पोष्ट मोहनी मंडल ग्राम-५ बस्ने २७ वर्षीय ईन्द्रजित कुमार यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय फेन्हरा र बीओपी फेन्हराबाट खटिएको संयुक्त प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त परिमाणको लागूऔषध र भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।