प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित पक्राउ

२०७९-१२-१०

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४४ केजीसहित कैलाश गाउँपालिका-९ नामटार बस्ने ३० वर्षीय शुबचन्द्र भोम्जनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले चितवनबाट पूर्व राजबिराजतर्फ जाँदै गरेको ना.६ ख ३०२१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी ट्रक चालक भोम्जनलाई पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-६ ऐठपुर शिवटोल डेरा गरी बस्ने डडेलधुरा आलिताल गाउँपालिका-५ घर भएकी २२ वर्षीया सिमा थापा मगर र २२ वर्षीय राजु बोहरालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ मिलिग्रामसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा नेपाल प्रदेश प्रहरी कार्यालय लागूऔषध नियन्त्रण सेल महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१३ छतौनि बस्ने ४१ वर्षीय भोला यादवलाई अवैध लागूऔषध गाँजा करिब ६ केजीसहित गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हनुमाननगर र बिओपी  पोष्ट बर्साईन टिकुलियाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

झापा, मेचिनगर नगरपालिका-६ स्थित मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित सोही नगरपालिका-७ राधा कृष्ण टोल बस्ने ५० वर्षीया जमुना राजवंशीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

सर्लाही, पर्सा गाउँपालिका-३ नारायणपुरबाट अवैध लागूऔषध गाँजा ९ केजी ७ सय ग्राम बिहीबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी नारायणपुरबाट खटिएको गस्ति टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिले बोरा फाली फरार भएपश्चात बोरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८१-०५-१५

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ गैरी टोल बस्ने ५० वर्षीया ईन्द्र कुमारी विश्वकर्मालाई अवैध लागूऔषध गाँजा ६ सय ७० ग्राम र चाँदीको दाना ५ सय ३० ग्राम सहित शुक्रबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा र चाँदी फेला पारी पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-८ स्थित क्याम्पस चोकबाट अवैध लागूऔषध चरेश करिब ४ किलो ५ सय ग्राम र नगद ७५ हजार रूपैयाँ सहित बझाङ केदारस्युँ गाउँपालिका-७ घर भएका ४२ वर्षीय जनक धामीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८१-०५-१४

मोरङ, बिराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम २८ मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय तिलक यादव र भारत बिहार बस्ने २१ वर्षीय बिशाल कुमार साह रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२५ प २११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २९ ग्राम सहित दाङ बबई गाउँपालिका-२ बस्ने २४ वर्षीय दिपक बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, कोहलपुर नगरपालिका-६ रझेना बस्ने २१ वर्षीय बिपिन वलीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ चुरेमाईबाट अवैध लागूऔषध गाँजा २५ किलोग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-४ बस्ने २१ वर्षीय सुसिल बल र ३२ वर्षीय हिमाल ब्लोन रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.१४ च ३८५५ नम्बरको बलेरो जिपलाई जाँच गर्ने क्रममा बर्नटमा लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी बलेरो चालक सुसिल र बलेरोमा सवार हिमाललाई पक्राउ गरेको हो ।सुनसरी, धरान उपमहानगरपालिका-१७ ठकुरी पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम २ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय रोशन राईलाई बिहीबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८१-०५-१३

बाँके, नेपालगंज उपमहानगरपालिका-१४ भाटनपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्राम सहित भारत बहराईच उत्तर प्रदेश बस्ने ३१ वर्षीय आनन्द बर्मालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-६ बस्ने २४ वर्षीय संजय गुरूङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित बुधबार राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-३ इतौरा बस्ने ३६ वर्षीय डिल बहादुर महतोलाई अवैध लागूऔषध गाँजा करिब ३ किलो ५ सय ग्राम र सोही नगरपालिका-४ पनौती बस्ने १८ वर्षीय किशोरलाई अवैध लागूऔषध गाँजा ५ सय ग्राम सहित बुधबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कोल्हुवाबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  बारा, जितपुरसिमरा उपमहानगरपालिका-१७ रघुनाथपुरबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्राम सहित निजगढ नगरपालिका-१३ रतनपुर बस्ने ३४ वर्षीय संदेश स्याङतानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जैतापुरबाट खटिएको प्रहरीले रघुनाथपुरबाट भोडाहतर्फ जाँदै गरेको प्र.२-०३-०१३ प २४०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक संदेशलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।