जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०७९-१२-१९
- A
- A-
- A+
काठमाडौं,गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती पहेलो पुल नजिक ४० वर्षीया सन्चिमाया वाईबाको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा वाईबा समेत १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ८५ रूपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।