नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरको स्वागत
२०७९-१२-१९
- A
- A-
- A+
काठमाडौं, नेपाल प्रहरी श्रीमती सघंकी नवनियुक्त अध्यक्ष श्रीमती लक्ष्मी कुँवरलाई आइतबार आयोजित एक कार्यक्रमबीच सोही सघंका पदाधिकारीहरुले संघको कार्यालय भृकुटीमण्डपमा हार्दिक स्वागत गर्नुभएको छ ।
सो अवसरमा अध्यक्ष कुँवरले संस्थागत परम्परा र नबिन आवश्यकतालाई सन्तुलन कायम गर्दै संस्थागत उद्देश्य प्राप्तिका लागि सबै पदाधिकारीहरूले साझा मन, वचन र कर्मका साथ काम गर्नुपर्ने बताउनुभयो । समाजिक कल्याणकारी कार्य गर्ने पवित्र उद्धेश्य राखी स्थापित संघले संचालन गर्दै आएका गतिविधिलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउँदै निरन्तरता दिने र आवश्यक सुधार समेत गर्दै लैजाने उल्लेख गर्दै उहाँले यस कार्यमा सबैको सल्लाह र सुझाव रहने विश्वास व्यक्त गर्नुभयो ।
साथै सोही अवसरमा संघकी निवर्तमान अध्यक्ष श्रीमती कुसुम लता सिंह लगायत पूर्व पदाधिकारीहरूको समेत बिदाई गरिएको थियो ।
संघकी कोषाध्यक्ष श्रीमती अनुश्री पाख्रीनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा संघका पदाधिकारीहरु, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु र प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।