स्रोत नखुलेको भारतीय रूपैयाँसहित एक जना पक्राउ
२०७९-१२-२१
- A
- A-
- A+
सप्तरी, तिलाठी कोईलाडी गाउँपालिका-१ खाडो खोलाबाट स्रोत नखुलेको भारतीय रूपैयाँ १ लाख ७० हजार ५ सयसहित भारत बंगाल कुचबिहार ग्राम पंचायत घोनापुर थाना बस्ने ४३ वर्षीय सफिक कुलहकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी तिलाठी र बिओपि तिलाठीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको कुलहकलाई उक्त भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि आन्तरिक राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको छ ।