पटाका सहित पक्राउ तथा बरामद
२०७८-०७-१७
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१२ टेकुस्थित सनि कस्मेटिक पसलका संचालक भारत मोतिहारी घर भएका ४८ वर्षीय जागा प्रसाद जैसवाललाई करिब २३ किलोग्राम कोब्रा पटाका सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनकै पसलबाट उक्त पटाका बरामद गरी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
नवलपरासी(पूर्व), मध्यबिन्दु नगरपालिका-११ डमार चोकमा वेवारिसे अवस्थामा रहेको १ सय २० थान मोरी अटो वम, ३० थान डिलक्स, ४० थान चक्का र २३ थान रकेट पटाका बुधबार बिहान प्रहरीले बरामद गरेको छ । कार्टुनभित्र वेवारिसे अवस्थामा रहेको उक्त पटाका प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।