अवैध लागूऔषधसहित पक्राउ
२०८०-०१-११
- A
- A-
- A+
काठमाडौं, कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्रामसहित सोही उपमहानगरपालिका-१ शिवनगर बस्ने २२ वर्षीय भरतराज जोशीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
रूपन्देही, सैनामैना नगरपालिका-३ पुष्पानगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सैनामैना नगरपालिका-३ पुष्पनगर बस्ने ३९ वर्षीय सन्तोष चौधरी र सोही ठाउँ बस्ने ३३ वर्षीय हरी बुचा मगर रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित बुद्धशान्ती गाउँपालिका-४ सट्टाभर्ना बस्ने २२ वर्षीय सुरेन्द्र राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।