प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०१-१५

  • A
  • A-
  • A+
Share

काठमाडौं, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं स्वयम्भू बस्ने ३७ वर्षीय कर्मा घलेलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । घलेले ती किशोरीलाई काठमाडौं बौद्ध तिनचुलीस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

झापा, २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका-६ बिरबल चोक बस्ने ५१ वर्षीय देब कुमार ताजपुरीयालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ताजपुरीयाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कोहबराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०३-०६

स्याङ्जा, ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फेदीखोला गाउँपालिका-३ कराम्दी बस्ने २७ वर्षीय सूर्य मिजारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । मिजारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई फेदीखोला गाउँपालिका आरूखर्कबाट पक्राउ गरेको   हो । इलाम, ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका-६ गढी बस्ने ३२ वर्षीय नर बहादुर विश्वकर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।