प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०१-१७

  • A
  • A-
  • A+
Share

 बर्दिया, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-१ बस्ने २४ वर्षीय सरोज चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

गेरूवा गाउँपालिका-३ वालुवाटारस्थित निर्माणाधीन घरमा ती किशोरीलाई सरोजले गएराति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
करिब २ सय १२ किलो गाँजा सहित चार जना पक्राउ
२०८२-०३-१४

बारा, परवानीपुर गाउँपालिका-५ बहुअरीबाट अवैध लागूऔषध गाँजा करिब २ सय १२ किलो ९ सय २८ ग्राम सहित ४ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-४ पालुङ बस्ने २८ वर्षीय रबि कार्की, सोही नगरपालिका-१२ टिसटुङ बस्ने ४६ वर्षीय बिर बहादुर गोले, हेटौंडा उपमहानगरपालिका-१४ उतरपानी बस्ने २३ वर्षीय साजन मुक्तान र धादिङ थाक्रे गाउँपालिका-७ आपसी चोक बस्ने ३१ वर्षीय महेश तमाङ रहेका छन् ।जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ आउँदै गरेको प्र.३-०१-०२४ च ४६३० नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा धानको भुसको बोरामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक रबि र गाडीमा सवार बिर बहादुर, साजन र महेशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-०३-१४

काठमाडौं महानगरपालिका-९ सिनामंगल कालिमाटीडोलस्थित दर्शन नमस्ते ईन गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४३ ग्राम ६० मिलिग्राम, नगद १० हजार ८ सय रूपैयाँ, मोबाइल ३ थान र तराजु १ थान सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा कमला नगरपालिका-८ घर भएका ४२ वर्षीय साउन यादव, काठमाडौं सिनामंगल बस्ने सिराहा, सिरहा नगरपालिका-१२ घर भएका ४० वर्षीय मो.अख्तर राईन र काठमाडौं जडिबुटी बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ घर भएका २४ वर्षीय देव बुढाथोकी रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले गेष्ट हाउसको कोठा नम्बर २०५ तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । कास्की, पोखरा महागनरपालिका-३१ गोरखामार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १० ग्राम ४ सय ८० मिलिग्राम, मोबाइल ४ थान र नगद ८० हजार ९ सय ५० रूपैयाँ सहित ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनुहँ शुक्लागण्डकी नगरपालिका-५ नयाँगाउँ बस्ने ३२ वर्षीय बिजय घर्ती, पोखरा महानगरपालिका-३१ लामागाउँ बस्ने ३९ वर्षीय कृष्ण मगर, १८ वर्षीय किशोर र सोही महानगरपालिका-३१ किमबैंशी बस्ने २९ वर्षीय सुशान सारू मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ३ थान मोटरसाइकल समेत बरामद गरेको छ । नवलपरासी पश्चिम, सुनवल नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम २ सय ८० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो २३ ट्याब्लेट सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २७ वर्षीय विवेक धिताल र ३९ वर्षीय ख्यामराज तिमिल्सिना रहेका छन् । इलाका प्रहरी कार्यालय सुनवल समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बारा, पचरौता नगरपालिका-७ धर्मनगर गाउँबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी थाना आदापुर टोल अररा बस्ने २२ वर्षीय अनरजित कुमार सहनी र बारा कलैया उपमहानगरपालिका-२७ बर्वा बस्ने १९ वर्षीय रूपेश सहनी रहेका छन् । प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरीले बीआर ०५ बिई ९६८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो  । सिराहा, बरियारपट्टी गाउँपालिका-३ स्थित छोटी भन्सार कार्यालय नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय मिलिग्राम, नगद १४ हजार ५ सय ५० रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका-११ बस्ने २४ वर्षीय सुभाष यादव र २२ वर्षीय श्याम कुमार पासवान रहेका छन् । इलाका प्रहरी कार्यालय बरियारपट्टी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित मोरङ पथरी शनिश्चरे नगरपालिका-४ बस्ने ४० वर्षीय दुर्गा प्रसाद श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख ३३६१ नम्बरको हाइसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ७० ट्याब्लेट सहित सोही महानगरपालिका-११ बस्ने १९ वर्षीय निखिल मल्लिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०३-१३

कास्की, पोखरा महानगरपालिका-१८ लामागाउँबाट नियन्त्रित लागूऔषध फेनारगन ७ एम्पुल, नुर्फिन ७ एम्पुल र डाइजेपाम ५ एम्पुल सहित सोही ठाउँ बस्ने ३१ वर्षीय सुदिप विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी कास्की, पोखरा महानगरपालिका-१० रङ्गशाला गेटबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ एम्पुल, बुप्रेनोर्फिन ४ एम्पुल र प्रोमेथाजाइन ४ एम्पुल सहित सोही महानगरपालिका-१० औद्योगिक क्षेत्र बस्ने २४ वर्षीय अर्पण बोहरालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ हजार ८ सय ८० ट्याब्लेट र ट्रामाडोल २९ हजार ट्याब्लेट सहित सर्लाही बरहथवा नगरपालिका-७ बस्ने ३० वर्षीय विक्रम चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०४-००१ ज ०१५५ नम्बरको हायस गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  बर्दिया, गुलरीया नगरपालिका-११ गणेशपुर बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरीया नगरपालिका-६ शान्तिटोल बस्ने २५ वर्षीय शम्शेर खान र हुम्ला सिमकोट गाउँपालिका-५ बस्ने २० वर्षीय करण रोकाय रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-४ उद्योगपुरीबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल र बुप्रेनोर्फिन १ सय एम्पुल सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मर्चवारी गाउँपालिका-६ बस्ने ३३ वर्षीय पिन्टु यादव र ३२ वर्षीय हरिद्वार प्रसाद कुर्मी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले युपि ५६ एम ६१२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  सिराहा, गोलबजार नगरपालिका-६ लामा टोलबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २२ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय राजन कुमार साहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.३२ प ४३५० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  झापा, अर्जुनधारा नगरपालिका-६ पुष्पलाल चोकबाट अवैध लागूऔषध गाँजा १ किलो ८ सय ८८ ग्राम ६ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५९ वर्षीया अमृत माया लिम्बु र इलाम, इलाम नगरपालिका-१२ स्यानाङ्बा घर भएका २० वर्षीय रोशन भट्टराई रहेका छन् । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले लिम्बुको घर तलासी गर्दा उक्त गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-४ सुनसरी पुल निजकबाट अवैध लागूऔषध गाँजा करिब ७५ किलोग्राम सहित इटहरी उपमहानगरपालिका-१० बस्ने ४५ वर्षीय सुरतलाल चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरौलबाट खटिएको प्रहरीले धरानबाट पकलीतर्फ जाँदै गरेको को.१ ह ९५१० नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक सुरतलाललाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ शिवालय टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय प्रकाश विक र सोही ठाउँ डेरा गरी बस्ने उदयपुर बेलका नगरपालिका-४ घर भएका ३१ वर्षीय दिनेश आले रहेका छन् । अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०३-१३

सुर्खेत, २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके नेपालगंज उपमहानगरपालिका-२ पुष्पलाल बस्ने  दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ घर भएका ३३ वर्षीय वीरेन्द्र शाहीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको             छ । वीरेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यसैगरी सुर्खेत, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भारत बिहार लोकेन्द्रपुर घर भएका २२ वर्षीय मन्टु कुमारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । मन्टु कुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।