प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कम्बोडीया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

२०८०-०१-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारीका लागि कम्बोडीया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गोरखा पृथ्वीनारायण नगरपालिका-१० घर भई काठमाडौं नयाँ बसपार्क बस्ने ३१ वर्षीय सुदिप लामा तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

सुदिपले तीन जना व्यक्तिलाई वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइ प्रतिष्ठित कम्पनीमा कम्प्युटर अपरेटरमा २ लाख रुपैयाँ भन्दा बढी तलबमा काम  लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३१ लाख रुपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नयाँ बसपार्कबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।



सम्बन्धित समाचार
हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०३-०९

काठमाडौं, बारा निजगढ नगरपालिका-८ घर भएका ३२ वर्षीय कृष्ण लामालाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-५ टुसाल बस्ने मकवानपुर घर भएका बिकास लामा लो, बारा निजगढ नगरपालिका-७ घर भएका २९ वर्षीय सुगन्द लामा, १८ वर्षीय किशोर र मकवानपुर बकैया गाउँपालिका-२ घर भएका २३ वर्षीय निसान जिम्भा रहेका छन् । बिकासको बहिनीको जन्मदिन मनाउन भन्दै कृष्णलाई शुक्रबार राति बुढानिलकण्ठ नगरपालिका-५ टुसालस्थित बिकासको घरमा लगि कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।पर्सा, आफ्नै श्रीमती २१ वर्षीया लालबीबी खातुनको हत्या गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका-४ जगरनाथपुर बस्ने २३ वर्षीय सफिराजा मियाँलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । लालबीबीको आफ्नै घरमा शनिबार शंकास्पद मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय पटेर्वासगौलीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न सफिराजालाई पक्राउ गरेको हो । उनी विरूद्ध ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०३-०९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका बस्ने सिन्धुली ध्याङलेख गाउँपालिका-३ घर भएका ४२ वर्षीय सुवर्ण कुमार बललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  सुवर्णले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०३-०८

संखुवासभा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी चैनपुर नगरपालिका-९ खाम्लिङ बस्ने ६२ वर्षीय दुर्गा बहादुर तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  भोजपुर जरायोटार-४ बस्ने ३६ वर्षीय पर्शुराम विकको २०६१ साल चैत २२ गते हत्या गरेको घटनामा पुनरावेदन अदालत धनकुटाको २०६९ असार १७ गतेको फैसलाले २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले चैनपुर नगरपालिका-९ खाम्लिङबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत संखुवासभा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय खाँदबारी पठाइएको छ । 

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०३-०७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने इलाम सूर्योदय नगरपालिका-७ घर भएका ६५ वर्षीय टंकनाथ कटुवाल, काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने तनहुँ भिमाद नगरपालिका-४ घर भएका २७ वर्षीय शेर बहादुर कुमाल र काठमाडौं टोखा नगरपालिका-५ बस्ने मकवानपुर थाहा नगरपालिका-३ घर भएका ३१ वर्षीय अशिम नगरकोटी रहेका छन् ।  पक्राउ मध्ये टंकनाथले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, शेरबहादुरले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ र अशिमले डेनमार्क पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टंकनाथलाई भक्तपुर सूर्यविनायक नगरपालिका-३ बाट, शेरबहादुरलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बाट र अशिमलाई काठमाडौं टोखा नगरपालिका-५ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०३-०७

काठमाडौं, चेक अनादर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने गोरखा वारपाक सुलिकोट गाउँपालिका-५ घर भएका ४० वर्षीय अशोक थापालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०८१ मंसिर १६ गतेको फैसला उक्त मुद्दामा बिगो वापत २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर गोदावरी नगरपालिका-१३ सन्तानेश्वर मन्दिर नजिकबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।