प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १०० जना पक्राउ

२०७८-०७-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-६ नयाँ बस्ती ओलाङचुङ्गोला गुम्बा नजिक डेरा गरी बस्ने सागर लामाको कोठामा कौडा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ५१ वर्षीय माधब आर्चाय लगायत १८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त कोठामा कौडा खेलाई रहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ३२ हजार ५ सय रुपैयाँ र ४८ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । हाल फरार रहेका सागरको प्रहरीले खोजी कार्य गरिरहेको छ । 

कपिलबस्तु, बाणगंगा नगरपालिका-२ लेखबेशी होटलमा जुवा खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने ३३ वर्षीय रमेश भट्टराई लगायत १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार ७ सय ४५ रुपैयाँ र २ थान पासा सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी कपिलबस्तु बाणगंगा नगरपालिका-१ स्थित किशोर जंग पुनको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ बर्षीय उदय अधिकारी लगायत १८ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५ लाख ४२ हजार ३ सय ८० रुपैयाँ र ३ थान पासा सहित फेला पारी पक्राउ गरेको हो ।  

रुकुम पश्चिम, मुसिकोट नगरपालिका-१ मठ बस्ने ४३ वर्षीय उत्तम खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा उत्तम लगायत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८ हजार २ सय ९० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । 

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ कबडहल बस्ने ६३ वर्षीय गोबिन्द बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा गोबिन्द समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ७२ हजार ४ सय ५० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । 

भक्तपुर, चाँगुनारायण नगरपालिका-६ तेलकोट वेसीटोल बस्ने ४० वर्षीय दिपक कुमार तामाङको मंगोलियन वेभ रेष्टुरेन्ट एण्ड बारमा कौडा खेलिरहेको अवस्थामा दिपक लगायत १५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त बारमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई कौडा खेलिरहेको अवस्थामा नगद २ लाख ६८ हजार ३ सय ९० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । 

लमजुङ, बेसिशहर नगरपालिका-३ गाउँशहर बस्ने २९ वर्षीय सन्तोष बोहोराको घरमा कौडा खेलिरहेको अवस्थामा सन्तोष समेत १७ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई कौडा खेलिरहेको अवस्थामा नगद १ लाख ५६ हजार ५ सय ४० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । 

गोरखा, गोरखा नगरपालिका-८ चाईनिजधारा बस्ने २९ वर्षीय मन्दिप श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा मन्दिप लगायत ९ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अव्स्थामा नगद १ लाख १ हजार ८ सय रुपैयाँ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
२०८२-०४-११

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१ सिमलीगाउँ बस्ने रामेछाप मन्थली नगरपालिका-६ घर भएका ३९ वर्षीय श्याम तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार ३ सय ३० रूपैयाँ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-६ लेकसाइडस्थित होटल लेक टप एण्ड रेष्टुरेण्टमा जुवातास खेलिरहेका अवस्थामा रेष्टुरेण्टका संचालक पोखरा महानगरपालिका-२४ घर भएका ४७ वर्षीय चिन्तामणि अधिकारी समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६१ हजार ४ सय नेपाली रूपैयाँ,  ५ हजार ५ सय भारतीय रूपैयाँ र २० बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ
२०८२-०४-०३

काठमाडौं महानगरपालिका-१३ ताहाचल डेरा गरी बस्ने सर्लाही लालबन्दी नगरपालिका-११ घर भएका ३२ वर्षीय बिम्मा छिरिङ दोर्जे लामाको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा बिम्मा समेत ५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ३ सय रूपैयाँ र २४ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-३१ भुपिशेरचन मार्ग बस्ने मोरङ बेलबारी नगरपालिका-९ घर भएकी ६३ वर्षीया साबित्री श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ६ सय २० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-१ पोखरा बसपार्कस्थित धादिङ होटलबाट जुवातास खेलिरहेको अवस्थामा तनहुँ देवघाट गाउँपालिका-४ देवघाट बस्ने ४२ वर्षीय मान बहादुर मगर समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ९ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी चितवन, भरतपुर महानगरपालिका-२ क्षेत्रपुर बस्ने पदम बहादुर आलेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय बिनोद मल्ल समेत ११ जनालई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ९ सय ९० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।