जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-०१-२९
- A
- A-
- A+
भोजपुर, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा आमचोक गाउँपालिका-४ सिपाक बस्ने २४ वर्षीय शुक्र बिकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बिकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय घोडेटार भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।