अवैध लागूऔषधसहित पक्राउ
२०८०-०२-०१
- A
- A-
- A+
तनहुँ, आबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट ईशनाथ नगरपालिका-३ बस्ने २० वर्षीय अरुण पटेल, चितवन ईच्छाकामना गाउँपालिका-६ पाचकिलो बस्ने ५० वर्षीया पुनम गुरुङ र तनहुँ आबुखैरेनी गाउँपालिका-४ आमबेसी डाँडा बस्ने ४२ वर्षीया माया गुरुङ रहेका छन् । अस्थाई प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहुँबाट खटिएको प्रहरी चितवनबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख ९१७ नम्बरको बसमा जाँच गर्ने क्रममा अरुणले झोलामा ल्याउँदै गरेको नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ९८ एम्पुल, नोरफिन १ सय ९८ एम्पुल र फेनारागन १ सय ९८ एम्पुल र पुनम तथा मायाले बसको डिक्किमा राखेको २४ किलोग्राम गाँजासहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कैलाली, लम्कीचुहा नगरपालिका-९ धनचैया बस्ने २३ वर्षीय महेन्द्र बिकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्रामसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित पदैल हिँडिरहेका उनलाई ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।