डाँका चोरी गरेको अभियोगमा दुई जना पक्राउ
२०८०-०२-०१
- A
- A-
- A+
तनहुँ, डाँका चोरी गरेको अभियोगमा म्याग्दे गाउँपालिका-१ पाचधारे घर भई ब्यास नगरपालिका-५ बरबोटे बस्ने २४ वर्षीय समिर थापा मगर र म्याग्दे गाउँपालिका-१ दमुङ रुमादी बस्ने २३ वर्षीय दुर्ग बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
वैशाख २९ गते राति म्याग्दे गाउँपालिका-१ रुमादी बस्ने ७५ वर्षीय शिव कुमार श्रेष्ठको घरबाट विभिन्न सामान तथा सोही गाउँपालिका-१ ठुलोढापमा बस्ने ६९ वर्षीय लक्ष्मण तामाङलाई धारिलो हतियार देखाई कुटपिट गरी नगद ४६ हजार ६० रुपैयाँ डाँका चोरी गर्ने कार्यमा उनीहरूलाई चोरी गरेको विभिन्न सामान र नगदसहित फेला पारी पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमती लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।