जुवातास खेलिरहेको अवस्थामा पक्राउ
२०८०-०२-०२
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-२६ ठमेल नरसिंह चोकस्थित जय बहादुर मोक्तानको स्कुटी डान्स रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा मोक्तान लगायत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४४ हजार रूपैयाँ र १० गड्डी ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।