प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

२०८०-०२-०६

  • A
  • A-
  • A+
Share

भक्तपुर, सूर्यविनायक नगरपालिका-८ आदर्श बागमती क्ल्ब बस्ने ३६ वर्षीय काल बहादुर पाख्रीनले आफ्नै घरमा संचालन गरेको आरएन खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा पाख्रीनसमेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी चाँगुनारायण नगरपालिका-६ नगरकोट फेदीस्थित सोही नगरपालिका-२ ब्यासी बस्ने २९ वर्षीय बलराम सुवालको अनुग्रह गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा सुवालसमेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७४ हजार १ सय ३० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
२०८२-०६-२०

कास्की, पोखरा महानगरपालिका-६ लेकसाइडस्थित पोखरा वुटिक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय देव श्रेष्ठ समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३९ हजार ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडी एकताटोल बस्ने ४६ वर्षीय भोजराज भट्टको पसलमा जुवातास खेलिरहेको अवस्थामा भोजराज समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ६ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।